2022-08-17 08:53:39
भक्तपुरको ४० वटा बिद्यालयमा हात्तीपाइले रोग सम्बन्धि जिल्लास्तरीय सर्वेक्षण गरिने ।
ख्वप भाद्र १ गते २०७९
भक्तपुर जिल्लामा हात्तीपाइले रोग निवारणसम्बन्धि जिल्लास्तरीय सर्वेक्षण गर्न लागेको छ । हात्तीपाइले रोगको वास्तविक अवस्थाबारे थाहा पाउन र रोग निवारणका लागि तय गर्नुपर्ने नीति बनाउनका लागि सर्वेक्षण गर्न लागेको हो ।
भक्तपुरमा बुधबार कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र र स्वास्थ्य कर्यालय भक्तपुरले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा रोग निवारणका लागि तय गर्नुपर्ने नीति बनाउनका लागि सर्वेक्षण गर्न लागेको जानकारी दिइएको हो ।
कार्यक्रममा कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक केशवराज पण्डितले सन् २००४ देखि २०१४ सम्म हात्तीपाइले रोगविरूद्द अभियान सञ्चालन गरिसकेको बताउँदै सन् २०१३ मा भक्तपुरमा १३ प्रतिशतमा हात्तीपाइले रोगका बिरामी रहेको तथ्यांकबारे पनि जानकारी जानकारी दिनुभयो ।
उहाँले नेपाल अहिले पनि हात्तीपाइले रोगको जोखिममा रहेको उल्लेख गर्दै भक्तपुरलाई हात्तीपाइले रोग निवारणमुक्त जिल्ला बनाउनका लागि सर्वेक्षण गर्न लागिएको निर्देशक पण्डितले बताउँनुभयो । सो कार्यक्रम अन्तरगत भक्तपुरका चारवटै नगरपालिकामा ४० वटा बिद्यालयमा सर्वेक्षण गरिने बताउँनुभयो ।
त्यस्तै स्वास्थ्य कार्यालय भक्तपुरका महामारी फोकल पर्सन दिपक अच्छामीले समाजकै वुद्विजीवीले हात्तीपाइले रोगको ओखती नखाँदा समस्या भएको अनुभव सुनाउनुभयो। उहाँले सर्वेक्षणका लागि कक्षा १ र २ मा पढिरहेका ६ र ७ वर्ष उमेर समूहका विद्यार्थीमा नमूना परिक्षण गरिने बताउँनुभयो। सोही सर्वेक्षणको आधारमा हात्तीपाइले रोगको जानकारी लिइने उहाँले बताउँनुभयो ।
कार्यक्रममा भक्तपुरका प्रजिअ रूद्रादेवी शर्माले परजीवीबाट सर्ने रोगहरूबाट बच्न जनचेतना जरूरी रहेकोमा जोड दिनुभयो भने सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले हात्तीपाइले रोग नियन्त्रण सम्बन्धि हुन लागेको सर्वेक्षणका लागि स्थानीय तहबाट हुने सबै सहयोगका लागि प्रतिवद्दता जनाउँनुभयो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर जिल्ला समन्वय समितिका प्रमखु ईश्वर थापाले रोगविरुद्धको अभियानमा सबैले साथ दिनुपर्नेमा बताउँनुभयो ।











0 Comments