2022-08-11 15:08:22
“बैंकिङ कसुर मुद्दाका फरार झौखेलका शिवराज थापा पक्राउ”
ख्वप श्रावण २६ गते २०७९
बैकिङ कसुर मुद्दामा फरार रहेका भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेल बस्ने बर्ष ४४ को शिवराज थापालाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । थापा बिरुद्ध बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा सम्मानित उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरबाट गरी रु. ५८,९६,५००र( ९अक्षरेपी अन्ठाउन्न लाख छयानब्बे हजार पाँच सय० जरिवाना र १ महिना १५ दिन कैद फैसला भएको थियो । फरार रहेको निज प्रतिवादी मिति २०७९र०४र२४ गते महानगरिय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरी उक्त फैसला कार्यान्वयनको लागि सम्मानित जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ । निज थापालाई टोकिएको कैद र जरिवाना भुक्तानको लागि सम्मानित अदालतबाट कैदी पुर्जी जारी गरी श्री कारागार कार्यालय जगन्नाथदेवल काठमाण्डौमा पठाईएको महानगरिय प्रहरी परिसर भक्तपुरको सूचना अधिकारी डिएसपी राजु पाण्डेले जानकारी दिएको छ ।











0 Comments