हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर श्रावण १३ गते
परापूर्वकाल देखि बौद्ध धर्मालम्विहरुले मनाउँदै आएको ”गुंःला ङक धलं” यो बर्ष आज श्रावण शुक्ल प्रारु (श्रवण १३ गते) शुक्रवार शुरु भएको छ । आज शुरुभएको धलं (ब्रतालु)मा जम्मा ८४ जना धंलं दानिपूं रहेका छन् जसमा मूःकजी २ जना, द्योःभारी ६ जना पुरुष, न्याचिं बस्ने महिला २ जना र बाकी ७४ जना ब्रतालु रहेका छन् । ब्रतालुहरुले १ महिनासम्म दिनको एक छाकमात्र खाएर ब्रत बस्नुपर्ने नियम छ । बिभिन्न समयमा बन्द हुदैं कहिले चलाउदै आएको यो ”गुंःला ङक धलं” केहि समय पहिला सःकुलाँ टोलबासीहरुको छलफल अनुसार सके १,२ बर्षमा नसके प्रत्येक ५ बर्षको एक पटक गर्ने निर्णय भए अनुसार यो बर्ष शुरु”गुंःला ङक धलं” ब्यवस्थापनं समितिका सचिव राम कृष्ण मानान्धरले बताउँनुभयो ।
आर्थिक समस्याका बावजुद पनि यसपालि भक्तपुर वडा नं. ९ सःःकुलां टोलको थाथु सःमा सुरु गरे हो । परापूर्व कालदेखि बौद्ध धर्मालम्विहरुले गुँलाथ्व पारु देखी ञलाथ्व पारु एक महिनासम्म गुँःला पर्वमा मनाउँदै आएको छ । यसै अन्तर्गत मानन्धर समूदायले साःकुलां टोलको थाथु सःमा यसपाली (ने.सं. ११४२ गुँलाथ्व पारु देखी ञलाथ्व पारु ) मिति २०७९ श्रावण १३ गतेदेखी भाद्र १२ गतेसम्म बनाईदै छ । धलं अवधिभरमा करिव २०, २२ लाख खर्च हुने अनुमान गरिएको उक्त धलं सञ्चालन गर्न स्थानीय सरकारसँग पनि आर्थिक सहयोगको लागि माग गरिएको छ भने स्थानीय संघ संस्था, गुठी, दाफा र ब्यक्तिहरुसँग पनि आर्थिक सहयोग संकलन गर्ने ब्यवस्थापन समितिका अध्यक्ष्य बिष्णु बहादुर मानन्धरले जानकारी दिनुभयो । पहिला पनि सरकारसँग आर्थिक सहयोग माग गरिएको यो बर्ष पनि सहयोग गर्ने आशा भएको बताउँदै नगरपालिकाले एैतिहासिक सँस्कृति परम्परा, जात्रा पर्वहरु जोगाउन सयोग गरिँदैआएको हुनाले यसमा पनि धेरै थोरै सहयोग गरिएला भनुभय




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).