हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप श्रावण १२ गते २०७९
सापारु (गाईजात्रा) नजिकिएसँगै बाटोमा अस्तव्यस्त रुपमा रहेको तारहरुलाई ब्यवस्थित गर्न लागेको छ । २०७९ सालको सापारु (गाईजात्रा) पर्वलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न सापारु प्रदक्षिणा मार्गमा रहेका विद्युत, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कको तारहरु व्यवस्थित गर्न भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार सरोकारवालाहरुको बैठक बस्यो ।
प्रदक्षिणा मार्ग र महत्वपूर्ण चोक तथा सडकहरूमा अस्तव्यस्त रुपमा राखिएका बिजुली, टेलिफोन तथा इन्टरनेट र केबुल नेटवर्कका तारहरू यही २०७९ श्रावण २० गतेभित्र सम्बन्धित पक्षले तारहरू व्यवस्थापन गर्ने निर्णय गर्यो । उक्त जात्रा गर्नेबाटोमा अस्तव्यस्त तरिकाले राखिएका तारहरूको व्यवस्थापनमा आवश्यक समन्वय तथा अनुगमन कार्य गर्न भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वको संयोजकत्वमा सात सदस्यीय समिति गठन गर्ने पनि निर्णय गर्यो ।
उक्त बैठकले सापारु प्रदक्षिणा मार्गमा अस्तव्यस्त राखिएका तारहरू साउन २० गते भित्र बिभिन्न कारण देखाई समय सिमा भित्र नहटाए त्यसपछि नगरपालिकाले नै हटाउने र त्यस क्रममा हुने खर्च तथा जरिवाना सम्बन्धित पक्षबाट असुल उपर गर्ने बिहिवार बसेको बैठकले निर्णय गरियो । बैठकले गुन्हुपूण्ही (नौ दिन)का दिन देखि कुनै पनि बहानामा नौ दिनसम्म लोडसेडिङ नगर्न नेपाल विद्युत प्राधिकरणसँग अनुुरोध गर्ने र सापारु पर्वमा प्रदर्शन गरिने घिन्ताङघिसी नाच तथा सांस्कृतिक प्रदर्शनीहरू देश—विदेशका सबैले सहज ढंगबाट अवलोकन गर्न पाउने सुविधाको लागि टेलिभिजन, सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न सबै सञ्चार संस्थालाई अनुरोध गर्ने समेत निर्णय गरेको थियो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).