हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप श्रावण ८ गते २०७९
भक्तपुर नगरपालिका वडा नं.१ सल्लघारीमा आईतवार १२ः१५ बजे रुख ढलेर बसलाई किच्दा ३ जनाको मृत्यु भएको छ । सल्लाघारी चोङा गणेशको जङ्गलमा रहेको सल्लाको रुख सडकमा ढलेको हो । उक्त दुर्घट्नामा थिमिबाट भक्तपुर तर्फ आउदै गरेको बा २ ख ३५८४ नं को मिनिबस र भक्तपुर दुधपाटी बाट सल्लाघारी तर्फ जादै गरेको बा ६१ प ३९७८ नं स्कुटरलाई युवामुरा अस्पताल नजिक सडकमा थिचेको हो। घटनामा स्कुटरमा सवार १ र बसमा सवार २ जनाको घट्नास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । बसमा सवार अरू ९ जना घाईतेको इवामुरा अस्पताल, भक्तपुर अस्पताल, र मध्यपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).