2022-07-24 07:26:00
डा। वीरेन्द्रप्रसाद कायस्थको ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तक शनिवार विमोचन गरियो ।
ख्वप श्रावण ८ गते २०७९
लामो समयदेखि ज्योतिष विज्ञानको क्षेत्रमा क्रियाशील संस्कृतिप्रेमी डा। वीरेन्द्रप्रसाद कायस्थले नेपाली इतिहासमा स्वर्णकालको रुपमा रहेको मल्लकालीन संस्कृति र चाडपर्वबारे लेखिएको ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तक नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले शनिबार विमोचन गर्नुभयो। पुस्तक विमोचन कार्यक्रममा सांसद सुवालले ज्योतिषशास्त्रलाई विज्ञान र गणितको आँखाबाट हेर्नुपर्नेमा बताउँनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले यो पुस्तकले धेरैले ब्यस्तताका कारण बिर्सिएका संस्कारहरु आगामी पुस्तालाई नेवाः संस्कृति संस्कारका सम्बन्धमा ज्ञान आर्जन गर्न सहायक सिद्ध हुने बताउनुभयो । त्यस्तै डा। पुरुषोत्तमलोचन श्रेष्ठले नेवाः संस्कृति परापूर्वकाल देखि नै गणित सम्मत रहेको चर्चा गर्दै भनुभयो मल्लकालीन संस्कृतिलाई हराउन दिने हो भने नेपालको पहिचान मरेतूल्य हुने धारणा व्यक्त गर्नुभयो ।े
नेपालमा मल्लाकाल देखि चल्दै आएका संस्कृति र चाडपर्वलाई विज्ञानसँग तुलना गरी त्यसलाई नयाँ पुस्तामा आर्कषण बढाउन र अध्ययन अनुसन्धानमा पुरुतकले सहयोग पुर्याउन कार्यक्रममा सहभागी अतिथिहरुले बताएका छन्। नेपालमा संस्कार र संस्कृतिमा नदेखिँने तरिकाबाट भित्रिएका पश्चिमेली कुसंस्कार र विकृतिलाई हटाउन नेपालको संस्कार र संस्कृतिको वास्तविक तथ्यसम्म पुगी अध्ययन गर्नेहरुका लागि सो पुस्तक कोशेढुंगा साबित हुने बिभिन्न सहभागीहरुको भनाई रहेको छ।
उक्त पुस्तकमा ज्योतिष विज्ञान तथा संस्कृति र चाडपर्वका विविध विषय समावेश गरिएका छन् । नेवाः संस्कृतिमा बर्ष दिनसम्म मनाउने विभिन्न चाडपर्वहरूको विविध पक्षे बारे विस्तृत रुपमा उल्लेख गरिएको छ । पुस्तक ८६ उपशीर्षकमा विभाजित छ भने दुई सय २४ पृष्ठसहितको पुस्तकको मूल्य ६ सय ५० रुपैयाँ तोकिएको










0 Comments