2022-07-20 09:44:58
भक्तपुरको सल्लाघारीमा पनि फुटपाथ पसल हटाएको छ ।
ख्वप श्रावण ४ गते २०७९
सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सल्लाघारी चोकमा रहेको अव्यवस्थित फुट्पाथ पसलहरु हटाएको छ । वडा नं. ५का वडाध्यक्ष राजकुमार जोशीको नेतृत्वमा मंगलवार बिहान फुटपाथ पसल हटाउने अभियान शुरु भएको हो ।
सर्भिस ट्राकमा फुट्पाथमा अव्यवस्थित ब्यवसाय गर्दा सटर भाडा लिएर ब्यवसाय गर्नेहरुलाई मार्का परेको, आवतजावतमा असुविधा हुनुका साथै दुर्घटना जोखिम समेत बढेकाले फुट्पाथ अव्यवस्थित गर्ने अभियान शुरु भएको वडाध्यक्ष जोशीले बताउनुभयो। यस अभियानमा सबैको साथ रहेको बताउँदै फुटपाथमा रहेको अव्यवस्थित पार्किङ समेत हटाइने उनको जानकारी दिनुभयो ।











0 Comments